समाचार

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणलाई गायक प्रताप दाशको आर्थिक सहयोग

काठमाडौं / गायन रियालिटि शो नेपाल आइडलको पहिलो सिजनबाट चिरपरिचित बनेका गायक प्रताप दाशले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।

फाउन्डेसनको अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई भेटेर नगद रु २० हजार बुझाएको छ । भरतपुर चितवनमा निर्माणाधीन रंगशालाको डिपिआर तयार भएर काम धमाधम भइरहेको सीताराम कट्टेल धुर्मुसले फेसबुक मार्फत जानकारी गराएका छन्

त्यस्तै केहीदिन अगाडि मात्र समाजसेवी इशा गुरुङले पनि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि व्यक्तिगत रु ५ लाख नगद रुपैयाँ सहयोग गर्नु भएको छ ।

२०७२ सालको भुकम्प पछि सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीले थुप्रै नमुना बस्ती तयार गरिसकेका छन् । सामाजिक कार्यमा लागिरहँदा कलाकारिता क्षेत्र छाडेको हो ? भन्ने प्रश्नलाई पनि नयाँ चलचित्र निर्माण गेर जवाफ दिएका छन् ।

रामबाबु गुरुङ निर्देशित धुर्मुस सुन्तलीको चलचित्र “सेन्टी भाइरस’ छायांकन सकेर प्रदर्शनको तयारीमा रहेको छ ।

Related Articles

Back to top button
Close