समाचार

मोबाइलबाट प्रेम बस्यो, बिहे पनि भयो युवकको घर पुग्दा युवतीले जे देखिन त्यसले बनायो चकित !

बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक केटीले आ त्मह त्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठाए । प्रहरीले तीनैजनालाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे बुझ्यो। ‘फेसबुकबाट त्यो केटाको एउटी केटीसँग ‘लभ’ परेको रहेछ, दुवै बिहे गर्ने तहसम्म पुगेका रहेछन्’, घटनाबारे सुनाउँदै इन्चा‍र्ज चौधरीले भने, ‘तर केटीका आमाबुवाले केटा विवाहित भएको र उनकी श्रीमतीले अर्को बिहे गरेको थाहा पाएपछि बिहे गर्न मानेनछन्। त्यसपछि केटाले साथीमार्फत् अर्की केटीसँग परिचय भएर फोनमा बोल्दा बोल्दै माया बसेछ।’ केटाले अन्ततः अर्की केटीलाई पनि बिहे गर्ने तहसम्म पुर्‍याए।

दुवै बिहे गर्न राजी भए। छोरीलाई खुसी साथ राखेर पढाइदिने बाचा गरेपछि आमाबुवाले पनि स्वीकृति दिए। आमाबुवाले टीकाटालो गरिदिएपछि उनीहरु बिदाइ भएर हिँडे। यो खबर पहिलेकी केटीले थाहा पाइन्। त्यसपछि उनी दौडँदै बाटोमा आएर छेकिन् उनले आफूलाई धोका दिएको भन्दै केटासँग झगडा थालिन्। उनले आफूसँग पनि बिहे गर्नुपर्ने अडान राखेर नत्र झु ण्डि एर म र्ने ध म्कीसमेत दिइन्। ‘दुवै केटीको उमेर १७/१८ वर्ष मात्रै छ। बिहे हुने त कुरै भएन’ इन्चार्ज चौधरीले भने, ‘दुवै केटीका अभिभावकलाई बोलाएर जिम्मा लगाइदियौँ।’ केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा १८ वर्षीय केटा र १९ वर्षीया केटीको जोडी आयो। भर्खरै एसइई दिएका उनीहरू मोबाइलबाटै नजिक भएपछि अभावकको आँखा छलेर भागे।

केही दिनपछि केटाको घर पुगे। जात नमिलेको भन्दै केटीपक्षले केटाका अभिभावकलाई ध म्की दिन थाले। दुवै डराएर प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे। ‘२० वर्ष नपुगी बिहे हुँदैन भन्‍ने जानकारी रहेनछ उनीहरूलाई’, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले भने, ‘दुवैले अब बिहे भइसकेपछि कसरी बदर हुन्छ? भनेर जिद्धी गर्न थाले।’ धेरै प्रयासपछि सम्झाएर उनीहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगायो।

मोबाइलले बिहे यस्तै एक अर्को घटना छ। मोबाइलबाटै परिचय भएका एक जोडी केटा केटीले अनुहारै नहेरी बिहे गर्ने निर्णयमा पुगे। केटाले बिहे भएको जानकारी दिएनन्। जब दुवै एकअर्कालाई पतिपत्नी स्वीकारेर घर पुगे, तब केटीलाई थाहा भयो, उनी त दुई छोराका बाबु पो रहेछन्। उनले चुपचाप सौतामै बस्‍ने निर्णय लिइन्। तर जेठी श्रीमतीले मान्दै मानिनन्। केटीको उमेर १८ वर्ष पनि पुगेको थिएन। यो विवाद अझै मिलेको छैन।

मोबाइल फोन र सामाजिक सञ्जालमा कुरा हुँदै बिहेको तहसम्म पुग्ने र सानै उमेरमा घरबाट भागेर जाने गरेका घटना बढ्दै गइरहेको सूचना अधिकारी धामी बताउँछन्। उनी भन्छन्, ‘यसले बालविवाह पनि बढ्न थालेको छ।’ यसरी मोबाइल वा सामाजिक सञ्जालबाट सम्बन्ध कायम भई बिहे गरेर आउनेहरूमा १३/१४ वर्षका पनि रहेको धामी बताउँछन्। ‘अधिकांश त १७/१८ वर्ष उमेर समूहकै छन्’ उनले भने, ‘किशोरावस्थामा परेको मानसिक प्रभावले यस्तो भएको हुनसक्छ।’ अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई सम्झाउन नसक्नु यसको प्रमुख कारण भएको धामीको भनाइ छ । उनी भन्छन्, ‘किशोरावस्थामा उनीहरू एकोहोरो भएका हुन्छन्, त्यतिवेला राम्रो अभिभावकत्वको खाँचो हुन्छ, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ।’

बालबिहे भयावह सुदूरपश्चिम प्रदेशमा बालविवाहको अवस्था भयावह देखिएको छ। प्रदेशभरी ठोस सर्वेक्षण नभएको भए पनि दिपायल सिलगढी नगरपालिका-८ (साबिकको लडागडा गाविस)मा तीन वर्षमा एक सय ६३ वटा बालविवाह भएको तथ्यांक छ। साबिकको क्षेत्रीय सदरमुकाम नजिकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमश: उकालो लागिरहेको छ। सामुदायिक विकास केन्द्र (सिडिसी)ले तीन वर्षदेखि गरेको सर्वेक्षणमा ०७३ मा ३८, ०७४ ५६ र २०७५ सालमा ६९ जनाको बालविवाह भएको छ।

अध्ययनमा संलग्न सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले भने, ‘बालविवाहको अवस्था चिन्ताजनक छ, प्रत्येक वर्ष बढ्दै छ, बालबिहेलाई समाजले पनि मौन स्वीकृत दिएको देखिन्छ।’ २०७३ वैशाख ०७५ चैतसम्म एक सय ३३ जना बालिका र २७ जना बालक छन्। जिल्ला संयोजक बडुले भने ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्, गर्नेमध्ये धेरैले लहैलहैमा लागेर विवाह गरेको देखिन्छ।’ बालविवाह समाज क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ। जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ जना बालबालिकाको बालविवाह गरेको पनि अध्ययनमा देखिएको छ।

मुख्यतया वाल विवाह परिवारको दबाब,मोवाइल तथा इन्टरनेटको प्रयोग,लहैलहैमा,गरिबी, राम्रो घर परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वमा ,भविष्‍य राम्रो हुने आशामा हुने गरेको छ। सुदूपश्चिममा हालसम्म परिवारको दबाबले ३१ जनामोबाइल तथा इन्टरनेटको प्रयोग ३३ लहैलहैमा गरिब १ राम्रो घर परिवार पाउँदा ७ चाँडो बिहे गर्ने मान्यता ५ मेला पर्वमा १ भविष्‍य राम्रो हुने आशामा १ अन्य ८० जम्मा १६३ को विवाह भएको पाइएको छ।

Related Articles

Back to top button
Close