समाचार

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’

काठमाडौं । भारतले यही साता जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । राजनीतिक दल, बुद्धिजीवि, नागरिक समाज तथा सीमाविज्ञहरुले सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् ।

यही बीचमा सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ अभियानको थालनी गरेका छन् । सुदूरपश्चिमका युवाले स्वतःस्फुर्तरुपमा अभियानको थालनी गरेका हुन् । यस्ता मोटरसाइकलहरु कैलालीको धनगढी, अत्तरियामा देखिएका छन् ।

लिपुलेक, कालापनी नेपालीको भए पनि भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विवादित भूमि भएको बताएका थिए । त्यस्तै उनले नयाँ नक्सामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेका थिए ।

नेपाल सरकारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धी विषयमा एकल निर्णय मान्य नहुने बताएको थियो ।

कालापानी र लिपुलेक भारतको नक्सामा पूर्वी मेचीमा यत्रो क्षेत्र मिचेको खुलासा ।।


प्रधानमन्त्रीले वैठक डाके
भारतले हालै जारी गरेको नक्सा बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।

जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।

Joj:yfkg ;+3sf] ;fwf/0f;ef
sf7df8f}Fdf cfOtaf/ cfof]lht g]kfn Joj:yfkg ;+3sf] #&cf}F jflif{s ;fwf/0f;efsf] pb3f6g ;df/f]xdf g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nLnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

तर नेपालमा जनस्तरबाट विरोध जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा।राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

Related Articles

Back to top button
Close