अन्तर्राष्ट्रिय समाचार

ट्रकको ठक्करबाट जापानको सेन्दाईमा एक नेपाली विद्यार्थीको ज्यान गयो

जापान । जापानको सेन्दाईमा दुर्घटनामा परी एक नेपाली विद्यार्थीको ज्यान गएको छ । सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका कास्कीका २६ वर्षीय चिरञ्जिवी गिरीलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै गम्भीर घाइते गिरीलाई नजिकैको अस्पताल पु–याइएको थियो । गिरीलाई अस्पताल पु–याइए पनि डाक्टरहरुले उनलाई मृग घोषणा गरेको जानकारी गराइएको छ । ६० वर्षीय ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी गराएको छ । यस घटनापछि जापानमा रहेका एनआरएन लगाएतका नेपाली संघ संगठनहरुले अब के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छन् । मृतक गिरी गत जुलाईमा अध्यायनका लागि जापान पुगेका थिए ।

Related Articles

Back to top button
Close