समाचार

सीमामा पुगेर एका बिहानै मोदीको पुत्ला दहन, नक्सा नसच्याए ठुलो आँधी आउँने

काठमाडौं । नेपाली भु–भाग भारतमा पर्ने गरी भारतले जारी गरेको नयाँ नक्साको नेपालमा जोडदार रुपमा विरोध भइरहेको छ । नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाँउमा प्रदर्शन भएको छ । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा विरोध जनाएका छन् ।

नेपाल भारत सीमास्तम्भ ७९३–१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेको जानकारी दिइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समेत मोटसाइकल र्याली निकाल्दै भारतीय रव्रयाको खुलेर विरोध गरेका छन् । महेन्द्रनगरको पुष्पलाल चोकबाट निस्किएको विद्यार्थीहरुको र्याली ७ नम्बर सीमास्तम्भमा पुगेर भारतविरुद्ध नाराबाजी गर्दै गड्डाचौकी फर्किएर कोणसभामा परिणत भएको हो ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् । काठमाडौं लगायतका ठाउँहरुमा पनि भारतीय रवैयाको खुलेरै विरोध भइरहेको छ ।

Related Articles

Back to top button
Close