समाचार

स्याङ्जाको भुष्टुङ्ग भन्ने ठाउँमा रहेको कुवामा एक बेवारिसे शव फेला

स्याङजा । स्याङ्जाको काली गण्डकी गाउँपालिका ३ र ४ को सीमामा पर्ने भुष्टुङ्ग भन्ने ठाउँमा रहेको कुवामा एक बेवारिसे शव फेला परेको छ । शव कस्को र कसरी त्यहाँ आयो भन्नेबारे खुलेको छैन् ।

शव पुरै कुवामा डुवेको अवस्थामा रहेकाले महिला या पुरुषकाे शव भनेरसमेत पहिचान हुन सकेकाे छैन् । स्थानीयले कुवामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

अहिले वालिङ्गबाट प्रहरी टोली अनुसन्धानको लागि घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

उता बिर्घा प्रहरिचौकीका इन्चार्ज खडक बहादुर मल्लले भने वालिङबाट अनुसन्धानको आइनपुगिन्जेल घटनास्थल सुरक्षित राखिएको जानकारी जानकारी दिए ।

Loading...

Related Articles

Back to top button
Close