समाचार

प्रेमिकाले विवाह गर्न नमानेपछि, विवाह गर्न ल्याएको ५ लाख पैसामा प्रेमीले लगाइदिए आगो

भारतकाे मभध्यप्रदेशकाे सीहाेरमा एक अचम्मकाे घटना बाहिरिएकाे छ । सुन्दा अचम्म लाग्न सक्छ प्रेमकाे मामलामा प्रेमी प्रेमीका के केसम्म गर्न् सक्छन् भन्ने तथ्य याे घटनाले पुष्टी गरेकाे छ । वर्षाैँकाे मायाप्रेम छुट्याे भने अन्तिममा अाएर प्रेमी वा प्रेमिका कसैले विवाह अस्वीकार गर्याे भने त्यसबेलाकाे समय कस्ताे हाेला । नेपाली समाजमा एउटा चल्तीकाे टुक्का छ नी रिषमा कसले बेद पढ्छ र हाे सीहाेरमा पनि एक युवकले प्रेमीकाकाे रिषमा ५ लाखमा रूपँमा पैसामा अागाे लगाइदिएका छन् ।

एक निजि फाइनान्स कम्पनीमा कैशियरकाे काम गर्ने ती युवकले अाफ्नी प्रेमिका रिझाउन ६ लाख ७४ हजार भ्रष्टचार गरे । तर जब प्रमिकाले उसँग विवाह गर्न इन्कार गरिन तब ती युवकले ५ लाख रूपैँयमा अागाे लगाइदिएकाे बिभिन्न भारतीय सञ्चारमाोयमहरूले समाचारमा उल्लेख गरेका छन् । याे सनसनीपूर्ण घटनामा प्रहरीले जलेकाे ५ लाख सहित युवककाे साथबाट ४६ हजार र लकरबाट १ लाख २८ हजार बरामद गरेकाे छ ।

नसरूल्लागंज प्रहरीले दिएकाे जानकारी अनुसार तहसील मुख्यालयस्थित स्पन्दना स्फूर्ति फाइनान्स कम्पनीमा प्राइवेट फाइनान्स गरिन्छ । भ्रष्टचारकाे अाराेपमा पक्राउ परेका युवकले उक्त कम्पनीमा कैशियरकाे काम गर्दै अाएका थिए । ती युवककाे नाम जितेन्द्र सिंह भएकाे बताइएकाे छ । उनी चाैकडी तहसील खिरकिया जिल्ला हरदाका हुन् । जानकारी अनुसार कैशियरका साथमै दफ्तरकाे चाबी पनि राखिएकाे थियाे । राति राजेन्द्रले कम्पनीकाे तिजाेरीबाट ६ लाख ७४ हजार रूपैँया निकालेर फरार भएकाे स्थानीय प्रहरीले अधिकारीले बताएकाे समाचारमा उल्लेख छ ।

कैशियर गायब भएपछि कम्पनीका म्यानेजरले नसरूल्लाहगंज प्रहरीमा उजुरी दिएका थिए । साेही उजुरीका अाधारमा प्रहरीले जितेन्द्रका बिरूद्ध ६ लाख ७४ हजार राशीकाे भ्रष्टचार गरेकाे अाराेपमा अनुसन्धान थालेकाे थियाे । सूचनाका अाधारमा प्रहरीकाे एक टाेली कन्नाैदकाे बेरावल गाउँमा पुगेकाे थियाे । जहाँबाट कैशियर जितेन्द्रलार्इ गिरफ्तार गरी साेधपुछ गरेपछि घटना बाहिरिएकाे हाे ।

प्रहरी बयानमा उनले बताए अनुसार भ्रष्टचार गरेकाे उक्त रकम प्रेमिकालार्इ देखाउन गाउँबेरावल गएका थिए । यसकापछाडि उनकाे उदेश्य थियाे प्रेमिका उसँग विवाह गर्न तयार हाेस् । तर दुर्भाग्य प्रेमिकाकाे विवाह अन्तै तय भइसकेकाेले इन्कार गरिदिइन् । प्रेमिकाले इन्कार गरेपछि निराश भएका कैशियर जितेन्द्रले अाफूसँग भएकाे ५ लाख रूपैयामा अागाे लगाइदिए । प्रहरीले उनकाे साथबाट ४६ हजार नगद पनि बरामद गरेकाे छ । प्रहरीले अाधा जलेकाे नाेट पनि जफत गरेकाे छ ।

यो पनि पढ्नुहोस : किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय

किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिमको समेत हुनसक्छ । किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ । अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन् ।

खुलेर कुरा गर्नुस्सा : नै उमेरमा प्रेम गर्ने भन्दै हप्काउनुको साटो उनीहरूसँग खुलेर कुरा गर्नुस् । यसले उनीहरु तनावबाट बाहिर आउन सक्छन् । कसरी ब्रेकअप भयो भनेर सोध्नुस् र त्यसबाट बाहिर आउने उपाय बताउनुस् । प्रेम र आकर्षणको सम्बन्ध बुझाउनुस् । किशोर कालमा हुने प्रेम वास्तविक प्रेम नभई आकर्षण हो भन्ने तर्कसहित बुझाउनुस् ।

पढाइको महत्व बुझाउनुस्कि : शोरकालमा हुने प्रेम सम्बन्ध र त्यसबाट उत्पन्न समस्याले बढाउने तनावको असरले पढाइमा प्रत्यक्ष प्रभाव पार्छ । आफ्ना सन्तानलाई पढाइको महŒवबारे सम्झाउनुस् । अहिले उमेर पढ्ने उमेर भएकाले प्रेममा भन्दा पढाइमा ध्यान दिन आग्रह गर्नुस् । पढाइ सक्किएपछि गरिने वा हुने प्रेम वास्तविक हुन्छ र त्यसले ल्याउने सुखद् हुने भनी बुझाउनुस् । प्रेमका कारण बिग्रने पढाइले जीवनमा पार्ने असरबारे केही उदाहरणसहित बुझाउनुस् । आफूले सम्झाउन नसके परामर्शदाताको सहयोग लिनुस् ।

साथीसँग बुझ्नुस्अ : भिभावकले थाहा पाए समस्या अझ चर्किन्छ भनेर तपाईंका सन्तानले धेरै कुरा लुकाएका हुनसक्छन् । समस्या समाधानका लागि पहिला आफ्ना सन्तानको विश्वासपात्र बन्नुहोस् या विश्वासपात्र खोज्नुहोस् । साथीसँग वा विश्वासपात्रसँग खुलेर कुरा राख्छन् भने तिनलाई घरमा बोलाउनुहोस् । साथीसँग कुरा गर्नुहोस् । आफ्ना समस्या राख्न सहजीकरण गर्नुहोस् । यसले गलत निर्णयमा पुग्नबाट रोक्न सकिन्छ ।

सोखको प्रशंसा गर्नुहोस्कि : शोर उमेरमा केही न केही सोख सुरु हुन्छ । कसैलाई गीत गाउन मन पर्छ, कोही गितार या यस्तै वाद्ययन्त्र बजाउन चाहन्छन् । कोही गीत, कविता लेख्न मन पराउँछन् । चित्रकलामा पनि रुचि बढ्न सक्छ । आफ्ना सन्तानले जेमा रुचि देखाएको छ, त्यसैमा अगाडि बढ्न हौसला दिनुहोस् ।

Loading...

Related Articles

Back to top button
Close