समाचार

आज बहराईन दिनारसहित केही देशको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । आज (आइतबार) बहराईन दिनारसहित केही देशको भाउ उकालो लागेपनि प्राय देशहरुको विनिमयदर भने ओरालो लागेका छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ५६ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ३४ पैसा रहेको छ ।तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

Related Articles

Back to top button
Close