समाचार

डोटीमा बस दुर्घटना, ३० जना घाईते

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गौरीपानी ना ७ ख ६१८१ नम्वरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनाको परी ३० जना घन्दा बढि घाईते भएका छन्। घाईते मध्ये केहीको अवस्था गम्भिर समेत रहेको प्रहरीले जनाएको छ। स्थानीय गोरखनाथ वोगटीका अनुसार बस सडकबाट २० देखि २५ मिटर तल खसेको छ।

घाईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए।

Related Articles

Back to top button
Close