समाचार

संचिता लुईटेलका दिदी बहिनीको रमाइलो भाइटीका, भाइटिका लगाउँदा यस्ता देखिए चर्चित कलाकारहरु

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार दाजुभाइले दिदीबहिनीका हातबाट टीका लगाएर धुमधामका साथ मनाएका छन् । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम सेलरोटी लगायतका खानेकुरा दिने परम्परा छ । त्यस्तै दाजुभाइले पनि आफुले सक्ने जति पैसा दिने चलन रहेको छ । त्यस्तै नेपाली कलाकारहरुले पनि भाइटिका मनाएका छन् । उनीहरुले भाइटिका लगाएका तस्विर सामाजिक सेयर गरेका छन्

Loading...

Related Articles

Back to top button
Close