समाचार

तिहारको मुखमा ३ दाजुभाई को ह’त्या, श्रीमती फरार भएपछि प्रहरीले खोज्दै !

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको ह त्या भएको छ । उनीहरुको कात्तिक ८ गते ह त्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको ह त्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई धा रिलो ह’तिया’रले प्रयोग गरि ह त्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो . श वलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । ह त्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

भारतमा नेपालीलाई कु’टपि’ट

सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले दुव्र्य वहार गर्दै कु’टपि’ट गरेका छन् ।

गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कु’टपि’ट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भन्नुभयो, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले कु’टपि’ट गरेका हुन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कु’टपि’ट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कु’टपि’ट र दु’व्र्यव’हार गर्दै आएका छन् ।

Loading...

Related Articles

Back to top button
Close