भिडियो

यस्तो बनेर आयो आर्यन सिग्देल र मिरुना अभितिन चलचित्र ’च च हुई’ को ट्रेलर (भिडियो)

काठमाडौं – चलचित्र ’च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा नायक आर्यन सिग्देल र मिरुना मगरको अभिनय रहेको छ । भने च च हुईको ट्रेलर शनिबार सार्वजनिक भएको हो । निकै नै रोमान्टिक र लभ स्टोरी रहेको चलचित्रमा अभिनेता आर्यन सिग्देल कमेडीमा देखा परेका छन् ।

चलचित्रको सिल्की बाल र जवानी बोलको गीत दर्शकले निकै मन पराएका छन् । र यस गीतका कारण चलचित्र पनि राम्रो छ भन्ने धेरैले आशा गरिएको छ । मंसिर ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ’च च हुई’मा आर्यन सिग्देल , भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ लगायतका चर्चित कलाकारको अभिनय रहेको छ ।

Related Articles

Back to top button
Close