समाचार

दुर्घटनामा परी साउदीमा एक नेपालीको दु:खद निधन

काठमाडौँ – साउदी अरेबियाको जुवेलस्थित एआरके कम्पनीमा कार्यरत एक नेपालीको मृ*त्यु भएको छ ।

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३, बाम्राङ्गका मनिद्र राईको २० अक्टोबर काम गर्ने क्रममा क्रेनको बूम झरेर लाग्दा मृ*त्यु भएको हो ।

मृ,तक राई एआरके कम्पनीको जुबेलस्थित बेरिमा आरामको प्रोजेक्टमा स्काप फोल्डिङ सुपरभाइजरमा कार्यरत थिए । केही महिना अघि मृतकको आमाको निधन भएकी थिइन् । मृतक राई आमाको काजकिरिया सकेर भरखरै साउदी फर्केका थिए ।

लामो समयदेखि रोजगारीका सिलसिलामा साउदि रहेका मृ,तक का श्रीमतीसँगै १ छोरा १ छोरिरहेको भाइ निराजन राईले बताए ।

राईको श वलाई जुबेल सेण्टर अस्पताल राखिएको छ भने आवश्यक कानूनी प्रकृया पूरा गरी नेपाल पठाउने कम्पनीले जानकारी दिए । मृ,तक किराँत राई यायोक्खाका आजीवन सदस्य तथा किराँत राई यायोक्खा शाखा साउदी अरबका केन्द्रीय सदस्य समेत हुन् ।

Loading...

Related Articles

Back to top button
Close