भिडियो

श्रीकृष्ण श्रेष्ठ सम्झेर फेरि भावुक बनिन् स्वेता खड्का (भिडियो)

काठमाडौं / नायिका स्वेता खड्काले एनआरएनएका नव निर्वाचित सदस्यहरुलाइ बधाई दिन काठमाडौमा एक कार्यक्रम आयोजना गरेकी छिन जहाँ नागरिक उड्ड्यन तथा पर्यटन मन्त्रि योगेश भट्टराई देखि व्यापारीहरु सम्म सहभागी थिए ।एनआरएनएका सदस्यहरुको सहभागीमा शुभकामना तथा बधाई दिदै कार्यक्रममा स्वेताश्री फाउन्डेसन द्वारा निर्माण भइरहेको माझि बस्तीको लागि पनि सहयोग जुटेको छ ।

कार्यक्रममा बोल्दै योगेश भट्टराईले स्वेता खड्कालाइ माझि बस्तिको लागि शुभकामना दिदै स्व. श्रीकृष्ण श्रेष्ठलाइ सम्झिदै भावुक सम्म भएका छन् । योगेश भट्टराइले श्रीकृष्ण श्रेष्ठको योगदान सम्झिदै स्वेता खड्काले पनि त्यहि पथमा पाइला चालुन भन्दै शुभकामना दिएका छन् । योगेश भट्टराईले माझि बस्तिको लागि सरकारबाट चाहिने सहयोग आफ्नो तर्फबाट गर्ने कुरा पनि उल्लेख गरेका छन् ।

स्वेता खड्काले पनि एनआरएनएका सदस्यहरुबाट सहयोग पाएकोमा खुशी रहेको बताएकी छिन । माझि बस्ति आफ्नो मात्र नभएर नेपालीहरुको प्रोजेक्ट हो त्यस कारण सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिएकी छिन । एनआरएनएका सदस्यहरुले स्वेताश्री फाउन्डेसनलाइ आफ्नो तर्फबाट सहयोग गर्दै यो बस्ति चाडै सफलताका साथ निर्माण सम्पन्न होस् भन्दै शुभकामना दिएका छन् ।

Related Articles

Back to top button
Close