भिडियो

जन्मजात हात खुट्टा नचलेपछि चितवनका भरत गुरुङले मुखले लेखेरै १२ कक्षासम्मको परिक्षा दिए ! जिब्रोले मोबाईल चलाउँछन् (भिडियो हेर्नुस)

उनलाई पहिलो पल्ट देख्ने जो कोही पनी नरोइकन रहन सक्दैन । उनका दुवै हातखुट्टा चल्दैनन् । हातका औला बटारिएका छन् । रत्ननगर नगरपालिका वडा नं. १६ निवासी स्थानीय जनजागृति माविमा कक्षा ११ मा अध्ययनरत २१ वर्षीय भरत गुरुङ किताब र कापीका पाना जिब्रोले पल्टाउछन् र पढ्छन् । उनी मुखभित्र कलम राखेर ओठले च्यापेर लेख्छन् । आमा चन्द्रमाया गुरुङका अनुसार भाइ साजनले पढेको देखेर उनले अध्ययनमा रुचि देखाएका थिए । उनलाई भाइले नै नेपाली र अंग्रेजी बाह्खरी, क ख ग घ ए बी सी डी सिकाएका हुन् । उनी त्यतिबेला कक्षा २ मा भर्ना भएका थिए । उनी बिहान ६ बजे उठ्छन् , मामाघरका हजुरबुबा आइतसिहं गुरुङले सौच गराउँछन् र हातमुख धोएर मुखले नै होमवर्क गर्छन् ।

हातखुट्टा नचल्दा खाना सिधै थालमा घोप्टिएर खान्छन् उनी र महिनाको दुई हजार तिरेर नजिककै अटोले विद्यालय ल्याउने र लैजाने गर्छ । ‘होमवर्क नियमित गर्छन् र क्लासबर्क पनि अरु भन्दा छिटो गर्छन्’ आमा चन्द्रमाया बताउँछिन् । किक्रेटका पारखी समेत रहेका भरतले फुटबल पनि मनपर्ने बताए । बेलुका विद्यालयबाट फर्केपछि स्थानीय मैदानमा फुटबल म्याचहरु हेर्न छुटाउँदैनन् उनी । दननीय आर्थिक अवस्था र अपाङ्गता हुँदा पनि विद्यालयले कुनै छात्रवृत्ति प्रदान नगरेको उनको गुनासो छ । मासिक शुल्क त लिँदैनन तर अन्य शुल्क लिने गरेको भरत बताउँछन् । विद्यालय अपाङ्मैत्री नभएको उनले गुनासो गरे । आमा चन्द्रमायाका अनुसार उनको जन्म विसं २०५३ असार २८ गते भरतपुरको सरकारी अस्पतालमा शल्यक्रिया मार्फत भएको थियो । ‘छोरा अपाङ्गता भएर जन्मेपछि बाबु सागरले हेर्न पनि छाडे’ आमा चन्द्रमाया रुँदै भन्छिन् । काठमाडांै गएका श्रीमान् फर्केर आएनन् अहिले काठमाडांैमा कान्छी ल्याएर बसेका छन्, मेरो छोरा हो सम्म पनि भनेनन् । अहिले माइतीकै शरणमा छु, बुबा आइतसिहं र भाइ सञ्जयले तिनको हेरचाह र लालनपालन गरिरहेका छन् । यसैबिच शिशिर भण्डारीले भरतलाई भेटेका छन् । भिडियो हेर्नुस

Loading...

Related Articles

Back to top button
Close