समाचार

सुनको मुल्य घट्याे

साताको पहिलो दिन सुनको मुल्यमा गिरावट आएको छ । गत बुधबार देखि स्थिर रहेको छापावाल सुनको मुल्य आईतबार दुई सयले घटेर ७० हजार ४ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन ७० हजार १ सय रुपैँयामा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन ७० हजार ६ सयमा कारोबार भएको थियो।भने तेजाबी सुनको मुल्य ७० हजार ३ सय कायम रहेको थियो।तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। आईतबार चाँदी ८ सय ५० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।

Related Articles

Back to top button
Close