समाचार

खोलाले बगाएर खोटाङमा १३ बर्षीया बालिकाको मृत्यु

खोटाङ / खोलाले बगाएर खोटाङमा १३ बर्षीया बालिकाको मृत्यु भएकाे छ । खोटाङको केपिलासगढी गाउँपालिका-१ फेदी बस्ने मधुराज राईको १३ बर्षीया छोरी आयुस्ना राईको खोलाले बगाएर मृत्यु भएको हाे । आज आइतबार दिउँसो १ बजेको समयमा तापखोला तर्ने क्रममा अचानक खोलाले बगाउदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Related Articles

Back to top button
Close