समाचार

भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने

काठमाडौं–सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७ सय ५३ वटै पालिकाहरुमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुको पोषण अवस्था परिक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।परिवार कल्याण महाशाखाका अनुसार ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ । यस्तै १ बर्षदेखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

Related Articles

Back to top button
Close