भिडियो

नेपाली भुमीमा टेक्ने बित्तिकै चिनियाँ राष्ट्रपतिको मुस्कान (पूरा भिडियो)

काठमाडौ‌ं। दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङको भव्य स्वागत भएको छ। त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा सरकारी कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले स्वागत गरेका छन्।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर प्रतीक्षारत थिए। सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरे ।

सीलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचले समेत स्वागत गरियो। तीनकुने, नयाँ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो।

भिडियो हेर्नुहोस:

Related Articles

Back to top button
Close