समाचार

राष्ट्रपति भण्डारी र सीबीचको शिष्टाचार भेटवार्ता सकियो

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीचको शिष्टाचार भेटवार्ता सकिएको छ ।दुई दिने राजकीय भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका थिए ।

सीले राष्ट्रपति भवन शीलत निवासमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।राष्ट्रपति भण्डारीसँग भेटवार्ता सकिएपछि सी होटल सोल्टी फर्किएका छन् । अब उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।दुई दिने नेपाल भ्रमणका लागि आएका सी भोली चीन फर्कने छन् ।

त्यसअघि भोलि सीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने केही सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै सीले भोलि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Related Articles

Back to top button
Close