समाचार

सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको !

काठमाडौं– चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छन् शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ ।

भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ ।चिनियाँ राष्ट्रपति सीलाई मुख्य नेपाली खानाको रुपमा रहेको दाल, भात, तरकारी पनि चखाउने जनाइएको छ ।

भोजमा सुप, एपिटाइजर, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार राखिने भएको छ ।उनलाई दिइने भोजमा नेपाली, चिनियाँ र युरोपेली स्वादको मिश्रणको प्रवन्ध गरिएको छ ।रात्रिभोजमा करिब २५० जना सहभागी हुनेछन् । जसमा सीका साथमा चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनेछन् ।

नेपालबाट भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका प्रमुख नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र केही व्यवसायीसमेत हुनेछन् ।यस्तो छ राजकीय भोजको मेन्यू

Related Articles

Back to top button
Close