समाचार

काठमाडौ-केरूङ जोड्न चीनले सुरूङ मार्ग बनाइदिने

काठमाडौं। काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ।

उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ। पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ। अहिले अध्ययन भएको टोखा-छहरे खण्डको लम्बाइ चार किलोमिटर छ।

Related Articles

Back to top button
Close