मनोरंजन

अभिनेता धिरेन शाक्यको छोरी गायिका बन्दै

काठमाडौं २५ असोज / एक जमानाका चर्चित अभिनेता धिरेन शाक्य लामो समयको विश्राम पछि पुन चलचित्रमा फर्किएका छन् । चलचित्र नपाएर केही समय पर्दा पछाडि बस्नु परेपनि अब निरन्तर फिल्मि क्षेत्रमै लाग्ने बताएका छन् ।उनी अभिनित पासपोर्ट नामक चलचित्र अहिलेपनि हलमा लागहेको छ । भारतीय चर्चित नायिका सन्नीले अाइटम डान्स गरेको पासपोर्ट चलचित्रले दर्शकको सोचे जस्तो साथ भने पाएन ।

अभिनेता धिरेन शाक्य अभिनित नयाँ चलचित्र अब दर्शकले निरन्तर हेर्न पाउने भएको छ । पुराना कलाकारहरुले छोरा छोरीलाई लिएर धमाधम चलचित्र निर्माण गरिरहेको बेला धिरेन शाक्यले भने छोरीहरु चलचित्रमा नआउने बताएका छन् । अभिनय क्षेत्रमै केही गरुन् भन्ने मनमा भएपनि अहिलेको जमानामा उनिहरुले के रुचाउँछन् त्यतै लाग्नु दिनुपर्ने उनको भनाइ छ ।म्युजिक भिडियो र बिज्ञापनहरुमा समेत अभिनय गरिसकेकी धिरेन शाक्यको छोरीले अहिले संगीत सिकिरहेकी छिन् । अभिनयमा खासै रुचि नराख्ने उनी गायनमा भन्ने अब्बल रहेको पनि बताउनु भयो । अभिनेता धिरेन शाक्यको दुई छोरी छिन् ।

Related Articles

Back to top button
Close