समाचार

अपडेट : मृतकको संख्या ११ पुग्यो, ३ घाइतेलाई हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल पठाइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या ११ पुगेको छ। बसका चालकको समेत मृत्यु भएको बताइएको छ। इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तमाङका अनुसार घा-इ-ते-ह-रुको उ-द्धा-र कार्य जारी रहेको छ।

मृतकको सनाखत भने हुन सकेको छैन। घा-इ-ते-हरुलाई हेलिकोप्टरमार्फत उद्धार भइरहेको र ग-म्भी-र अवस्थाका तीन घा-इ-ते-लाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए। इन्द्रावती गाउँपालिको सिपाटारबाट काठमाडौ आउँदै गरेको हेलम्बु यातायातको बस दुर्घटना भएको हो।

बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। सडकबाट उद्दार सम्भव नभएकाले नेपाली सेनाको हेलिकोप्टर पनि उ-द्धा-र-का लागि घटनास्थल आउन लागेको अध्यक्ष तमाङले बताए।बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दसैं मनाएर काठमाडौं फर्किदै गरेका यात्रुहरु चढेको बस दुर्घटनामा परेको हो।

Loading...

Related Articles

Back to top button
Close