समाचार

मलाई एकै पलमा मारिदियौ, तिमी अब नमरे हुन्छ – लक्ष्मी आचार्य

ए निष्ठुरी मेरो छेउमा आई अब आँखा नतरे हुन्छ !

यो मनले गन्तव्य मोडिसक्यो अब भर नपरे हुन्छ !
_____

रहर कहाँ हो र मेरो तिमीलाई भुल्ने ,बाटो मोड्ने ,

बाध्यतामै पारिदियौ दुर हुन अब शंका नगरे हुन्छ !

_____

रमाएकै थिएँ तिमीले फुलाएको प्रीतको बगैँचामा,

घ्वाप्पै छुरा रोप्यौ फकाउन अब अघि नसरे हुन्छ !

_____

पालेकै थिएँ मनभरी संगै जीवन कटाउने रहरहरु ,

मलाई एकै पलमा मारिदियौ तिमी अब नमरे हुन्छ !

____

ओभाएनन् कहिल्यै नयनमा त्यो यादका अश्रुधारा,

रहेजति यतै पठाउ त्यता एकैथोपा अब नझरे हुन्छ !

______

लक्ष्मी आचार्य

इटहरी -३ , सुनसरी

( डियर कल्याण साहित्य प्रतिष्ठान )

Related Articles

Back to top button
Close