समाचार

चिनियाँ राष्ट्रपतिले २० घण्टा काठमाडौंमा बिताउने, चिन सँग हुदैछन आधा दर्जन बढी यस्ता सम्झौता !

राजकीय भ्रमणको सिलसिलामा शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौंमा कम्तीमा २० घण्टा बिताउने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी शनिबार (असोज २५ गते) दिउँसो ४ बजेतिर नेपाल आउने छन् भने आइतबार मध्यान्ह्र १२ बजेतीर स्वदेश फर्किने छन्।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन्। उनी भारतहुँदै नेपाल आउने छन्। चिनियाँ राष्ट्रपति सी शुक्रबार भारतको चेन्नई पुग्नेछन्।चेन्नईको ममल्लापुरममा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्ने कार्यक्रम छ।

चेन्नईमा सी र मोदीबीच हुने भेटवार्तालाई ‘इन्फरमल समिट’ नाम दिइएको छ। सी र मोदीबीच यस्तै भेटवार्ता गत वर्ष चीनको वुहानमा भएको थियो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी चेन्‍नईबाट एक सयभन्दा बढी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आउने छन्। ‘चिनियाँ राष्ट्रपति शनिबार दिउसो ४ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ,’ स्रोतले भन्यो।चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवै जानेछन्। सीलाई सोल्टी होटलमा राखिने छ।

स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ। त्यसपछि सी राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने जनाइएको छ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितीमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्नेछ। बैठकपछि ओली र सीको उपस्थिीतीमा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्र (एमओयु) मा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।केरुङ-काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), नेपाल–चीन सुपर्दगी सन्धी।

काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङ मार्ग, रसुवागढी-काठमाडौं सडक, किमाथाङ्का-हिले सडक, दिपायल-दक्षिण चीन जोड्ने सडक, टोखा-बिदुर-नुवाकोट सडक, गल्छी-रसुवागढी-केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, फुकाट-कर्णाली हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, अद्योगिक पार्क लगायतका विषयमा अहिल दुई देशबीच छलफल चलिरहेका छ।द्विपक्षीय वार्तामा यी विषयमा सहमति जुटे सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यी बाहेक चीन आफैले नेपालको आर्थिक विकासलाई सघाउन ‘स्पेसल प्याकेज’ को घोषणा गर्ने पनि स्रोतको दावी छ।

चिनियाँ राष्ट्रपति सीले आइतबार नै बिभिन्न दलका शिर्ष नेतासँग भेट गर्ने जनाइएको छ । भेट सकिएपछि सी आइतबार मध्यान्ह्र १२ बजेपछि स्वदेश फर्किने छन्।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला कार्यक्रम स्थलमा निश्चित मिडियालाई मात्र प्रवेश दिइने जनाइएको छ। स्रोतका अनुसार सी आउँदा र फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबैलाई खुला रहेपनि अन्य स्थलमा भने तोकिएका चिनियाँ र नेपाली मिडियालाई मात्र प्रवेश दिइनेछ।‘हाम्रो ठूलो हलहरू छैनन्। सीको भ्रमणको बेला हुने कार्यक्रममा सरकारी मिडियालाई प्रवेश दिइने स्रोतले बतायो।

Related Articles

Back to top button
Close