समाचार

दलाई लामाले फेरी ताने बाबा रामदेवको दाह्री

काठमाडौ। तिब्बती धर्मगुरु दलाई लामाले बाबा रामदेवको फेरी दाह्री तानेका छन् । दिल्लीमा आयोजना गरिएको सर्वधर्म सद्भाव संगममा दलाई लामा, योगगुरु बाबा रामदेव र मौलाना महमूद मदनी मन्चमासँगै बसेका थिए।दिल्लीको किङ्ग्सवे क्याम्प क्षेत्रमा आयोजना गरिएको सो कार्यक्रममा दलाई लामा मञ्चमा रमाइलो गर्दे देखिए ।

मिजासिलो शैलीका उनले ठट्टा गर्दै बाबा रामदेवको दाह्री ताने । लामाले दाह्री तानेपछि रामदेव खुलेर हासेका थिए । जसको तस्विर एकदम भाइरल भइरहेको छ।यसअघि सन् २०१६ को विश्व शान्ति र समन्वय शिखर सम्मेलनमा पनि दलाई लामाले बाबा रामदेवको दाह्री तानेका थिए ।सो समय मानिसहरूबिच हर्षोल्लास भएको थियो । योग गुरुले यसलाई रमाइलोको रुपमा लिएर कुनै आपत्ति जनाएनन्।

उनिहरु बिचको निकटताको कारण दाह्री तानेको मान्न सकिन्छ ।कार्यक्रममा दलाई लामाले भनेका छन्, “राजनीतिज्ञ लगायत सबैले वातावरणमा बढी ध्यान दिनु पर्दछ।केही विज्ञका अनुसार आगामी सातदेखि ८ दशकभित्र जलबायु परिवर्तन अझ ग म्भीर हुन सक्छ, त्यसैले हामीले ख्याल राख्नु पर्छ।”दलाई लामाले ट्वीटरमा लेखे, “महात्मा गान्धीको स्वच्छ र स्वच्छ भारतको दर्शन जनआन्दोलनमा सामेल हुने स्वेच्छ भारतमा सहयोग पुर्‍याउने,स्वच्छ भारतअभियान लाखौं भारतीयहरुको सपना बनेको छ । यसले प्लास्टक मुक्तले भारत र प्लास्टिक मुक्त संसारतर्फ नयाँ यात्राको शुरुआतलाई संकेत गर्छ।

“केहि समय अघि प्रधानमन्त्री नरेन्द्र मोदीले प्लास्टिकमाथि प्रतिबन्धित लगाउन पहल गरेका थिए ।उनको समर्थन गर्दै दलाई लामाले यस्तो ट्वीट गरेका हुन् । मोदीले प्लास्टिकमाथि प्रतिबन्धित लगाउन गरेको पहलको बलिउड सेलिब्रेटीहरूले पनि प्रशंसा गर्दै आफ्ना प्रशंसकहरूलाई यस पहललाई समर्थन गर्न आग्रह गरेका छन्।दलाई लामाले धेरै धर्मगुरुहरुको दाह्री तान्ने गर्छन् ।

२०१३ मा बालाकुप्पेको तिब्बती बौद्ध विहारमा’ ७८ औं जन्मदिन समारोहको अवसरमा हिन्दू पुजारी शिवरात्रि देशिकेन्द्रसँगै रहेका मुस्लिम पुजारी मोहम्मद उस्मान शरीफको लामाले दाह्री तनेका थिए । साथै अलाप्पुझाको सेन्ट थोमस चर्चमा पुगेका लामाले एचएच क्याथोलिकाबाभाको दाह्री समाते ।दलाई लामाले २०१२ मा बेलायतको म्यानचेस्टरमा आयोजित युवा कार्यक्रममा अभिनेता-हास्य कलाकार रसल ब्रान्डको दाह्री तानेका थिए ।

पुरस्कार विजेता नव युग संगीतकार, रचनाकार, निर्माता र वीडियोग्राफर डीन इभ्सनको पनि दलाई लामाले दाह्री तनेकाथिए ।सन् २००८ मा धर्मशालाको उत्तरवर्ती मठ अमेरिकी रोकर-संगीतकार फिल भोईडलाई पनि दलाई लामाले यस्तै गरेका थिए ।८४ बर्षका १४ औं दलाई लामाले आफ्नो भेटघाट तथा यात्राहरुलाई लगातार घटाएका छन् । उनलाई छाती संक्रमणको कारण यस वर्षको शुरूमा अस्पतालमा भर्ना गरिएको थियो। यद्यपि उनको गम्भीर स्वास्थ्य समस्या रहेको कुनै संकेत पाइएको छैन।

Related Articles

Back to top button
Close