मनोरंजन

नायिका रेखा थापाको चलचित्र “मालिका” युट्युवमा सार्वजनिक

काठमाडौँ / अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’ युट्युवमा सार्वजनिक भएको छ । यश चलचित्रमा नायिका रेखा थापाको अहिलेसम्मकै सबैभन्दा दमदार रोलमा देखिएकी छिन् ।

बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित फिल्मको ट्रेलरमा पनि रेखाले महिला दिदी बहिनीहरुलाई पहिला मान्छे बनेर देखाउ अनि मात्र छोरी मान्छे बन्ने भन्ने डाइलगले विशेष अर्थ बोकेको छ ।

दशैं तिहारको अवसरमा बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाको निर्माण तथा तथा नरबहादुर कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ ।बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको फिल्म काठमाडौँ उपत्यका सहित जाजरकोट बनेपा, बाँकेका लगायत क्षेत्रमा छायांकन गरिएको हो ।

Related Articles

Back to top button
Close