समाचार

फर्केर आउ छोरा…

म कमजोर छु छोरा, मैले तिमिलाई जन्माउन नसकेर पेट चिरेको थिएँ

खोलाको किनारमा बसेर

गिट्टी कुटेको बर्षौँ बितिरहँदा

यी हातका ठेलाहरू चाउरिएर गए,

शितलताले वहषमा लिन नसकेका

सुर्यको किरणले यी चाउरिएका अनुहार

झनै फुस्रा भए,

आँखा छेउकै सलल बग्ने त्रिशूली

नदि धमिलो देख्न थाले

अब त,

यी पत्थरहरूले पनि गिज्याए झैँ लाग्छ

पानी भित्रका माछाहरूले बोलाए झैँ लाग्छ

तिमी कहिले आउछौ छोरा मलाई बोलाउन

___________

म कमजोर छु छोरा,

मैले तिमिलाई जन्माउन नसकेर पेट चिरेको थिएँ

मैले तिमिलाई जन्माउन नसकेर बेहोस भएको थिएँ

तर जब तिमी मेरा यी दुई हातमा थमियौ

मैले सारा पिडाहरू बिर्सिए

सारा दुखहरू बिर्सिए

चिरिएका घाउ निको भए जस्तै भए

तिमिलाई हेरेर रून्चे अनुहार पनि मुस्कुराए

अब फेरि त्यसै गरि मुस्कुराउन कहिले पाउँछु छोरा

तिमिलाई पनि थाहा छ छोरा, म कमजोर छु

बुढि भए त्यति धेरै पिडाहरू सहन सक्दिन

तिमी कहिले आउछौ छोरा मलाई लिन

_________

बुहारी अब त तिमी पनि

आमा भईसक्यौ

तिमिलाई पनि थाहा हुँदो हो

सन्तान जन्माउन कति मुस्किल हुन्छ

तिम्रो पिडालाई मेरो पीडा सम्झेर

अब त छोरा सँग भेटाईदेऊ

आउने साल सम्म म बाँच्छु या बाँच्दिन

यो साल बितेको 10अौँ वर्षको

झल्को मेट्ने गरि निधार देखि गला सम्म

दहिमा टीका मुछेर

कान देखि शिर सम्म जमरा लगाईदिने धोको छ

बिन्ति यो दशैँमा त फर्केर आउ

छोरा,बुहारी नाति नातिनि

________ कविता____

राजन ठकुरी सानु

धादिङ

Related Articles

Back to top button
Close