समाचार

हरेक दिन पतिको दीर्घायुको कामना गर्दैै मन्दिरमा दैनिक पूजाआजा गर्छु, तर उहाँ

काठमाडौ। भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् ।

एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै थिइन् । उनको आँखा बोर्डसँगै ममा पर्यो । मैले नमस्कार गरेँ, उनले नमस्कार फर्काउँदै आफ्नो ‘सिग्नेचर’ मुस्कान मुस्कुराइन् । सहयोगीलाई मैले माथि आउन इशारा गरेँ । ‘रातोपाटी गेस्टरूममा स्वागत छ,’ म अलि औपचारिक हुँदै उनलाई सोफामा बस्न भनेँ । ‘धन्यवाद’, उनले रातोपाटी गेस्टरूम लेखिएको भित्तो हेर्दै भनिन् ।

केही अनौपचारिक कुराकानी भयो । केही उनले सोधिन्, केही मैले । उनी सहजै खुलिन् । पूर्वयुवराज्ञी भनेर दकस मान्नुपर्ने कुनै व्यवहार थिएन । त्यसो त, जनसाधारणसँग घुलमिल हुने हिमानीको स्वभाव यसअघि नै चर्चा भइसकेको विषय हो ।कफी आइपुग्यो । मैले रेकर्डर अन गरेँ । बिजु क्यामेराको लेन्स मिलाउन थालिन् । ‘ल, अब कफी पिउँदै अनौपचारिक ढंगले कुराकानी गरौं । म धेरै प्रश्न गर्दिनँ । थिम बुझिहाल्नुभयो, सरर बोल्नुहोला, केही छुटेझै लाग्यो भने बीचमा सोधुँला ।’, मैले भनें । ‘हुन्छ,’ उनको सिग्नेचर मुस्कान फैलियो । बिजुले एक स्न्याप लिन भ्याइहालिन् ।

‘सबैलाई थाहै छ, नेपालको राजपरिवारसँग मेरो सम्बन्ध जोडिएबाट जीवनको कथा मोडिएको हो । ७ माघ ०५६ मा पारससँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुँ । हाम्रा दुई छोरी र एक छोरा छन् । राजपरिवारसँग जोडिनु जोकोहीको सौभाग्यमा हुँदैन । त्यो सौभाग्य मैले प्राप्त गरेँ । त्यसले सम्मान, इज्जतका साथै सम्पूर्ण भौतिक सुविधाको उपभोगको अधिकार पनि प्राप्त भयो । त्यसैले म आफूलाई भाग्यमानी ठान्छु ।’ यति भनेर उनी मुस्कुराइन् र कफीको एक ‘सिप’ लिइन् ।

एकैछिन कफीको कपलाई गौर गरेर हेरिन् र गम्भीर भएर भनिन्, ‘तर म आफूलाई सम्पूर्ण रूपमा खुशी छु भन्न सक्दिनँ । भाग्यमानी हुनु, भौतिक सुविधामा रहनुमात्रै खुशी नहुँदोरहेछ । अझ प्रश्न सोध्नुहोला, शाही परिवारका मान्छे पनि दुःखी हुन्छन् र ? तर आज पहिलोपटक मैले यसरी भनिरहेकी छु कि मभित्र पनि दुःखका काँडाहरू थुप्रै छन् । जसले घोचेर म पटक–पटक रोएकी छु, पटक–पटक चिच्याएकी छु । हृदयको रगत आँसु बनेर आँखाबाट बगेका छन् । जीवनको घुम्ती र मोडमा मैले धेरैपटक अचानक ब्रेक लगाएको छु ।

तर्सिएकी छु र पनि अगाडि बढिरहेकी छु ।’ उनको अभिव्यक्ति अमूर्त तर भावनात्मक थियो । अनुहारमा सघन गम्भीरता फैलिएको थियो । त्यसैबेला बिजुले चलाएको क्यामेराको फ्ल्यास चम्कियो । उनले हच्केझैं भनिन्, ‘अहिले राजतन्त्र नभए पनि हामी एउटा विरासतबाट आएका छौं ।

त्यसैले मुटुभित्र जे भए पनि घरको संघार नाघेर बाहिर निस्किएपछि अनुहारमा चमक देखाउनुपर्छ । यस्तै क्यामेराका ‘फ्लास’मा हाँसो दिनुपर्छ । म यसबाट भाग्न सक्दिनँ ।’, उनको कुरा सुनेर बिजु अलि हच्किन् । तर फेरि उनले आफ्नो सिग्नेचर मुस्कान बिजुतिर फैलाइन् । बिजुले सहज महसुस गरिन्झैं लाग्यो । फेरि क्यामेराको ‘फोकल प्वाइन्ट’ मिलाउनतिर लागिन् ।

उनले हल्का सुस्केरा हालिन् । र, निरन्तरता दिइन्, ‘हिजोमात्रै बेलायती राजकुमार आफ्नो देश फर्किए । उनको खुब चर्चा भयो । उनले भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरे । आफ्ना नेपाल भ्रमण अवधि लम्ब्याएर अझ नेपालीको मन जिते । तर आफ्नै देशको पूर्वराजकुमारको कसैले सोधी खोजी गरेन । पछि थाहा पाएँ, तपाईंहरूले कुरा गर्न खोज्नुभएको रहेछ ।

तर उहाँले मान्नुभएनछ । मैले पनि बेलायती राजकुमारको भ्रमण अवधिभर उहाँकैबारे बढी सोचेँ । पछिल्लो समय म समाजसेवामा सक्रिय छु । उहाँ पनि मैले यसो गरेको हेर्न चाहनुहुन्थ्यो । तर उहाँलाई पनि म ह्यारीजस्तै देशको कुना–कुना पुगेको, जनतासँग हाँसखेल गरेको र सुखदुःखमा सहभागी भएको हेर्न चाहन्थेँ । सबैलाई थाहा छ, मैले दार्जुलाको बाढी पहिरोमा होस् कि भूकम्पको बेलामा, कुनै न कुनै रूपले जनतालाई सहयोग गरेँ । त्यहाँ म मेरा प्रिय पति पारसलाई साथै देख्न चाहन्थेँ ।’

उनले सुस्केरा हालिन् । कुराकानी भावुकता बढी थियो, त्यसले मलाई र बिजु दुवैलाई भावुक बनाइरहेको थियो । उनी पनि आँसु रोकेर बोलिरहेकी छिन् भन्ने स्पष्ट थाहा हुन्थ्यो । ‘मैले उहाँलाई सुधार्न धेरै प्रयास गरेँ ।’ उनले भन्न थालिन्, ‘तर मेरो हरेक प्रयत्न असफलजस्तै भए । हरेक दिन पतिको दीर्घायुको कामना गर्दैै आप्mनै घरको प्रांगणमा रहेको मन्दिरमा दैनिक पूजाआजा गर्थेँ । अहिले पनि गर्छु । तर, उहाँलाई मेरो यो कामनाप्रति मतलब भएको पाइनँ ।

उहाँको आफ्नै ताल हुन्थ्यो । मस्ती गर्ने र आफ्नै खालको जीवन जिउँने उहाँको शैलीले हामीबीच एक किसिमको दुरी बन्न गयो । तर पनि मेरो प्रयत्न जारी थियो । त्यस्तो बेला भारतीय मिडियामा आउने समाचारले उत्तिकै तनाव दिन्थे । कसैले उहाँलाई पारसलाई नक्कली भारतीय रुपैयाँको कारोबारी भन्थे त कसैले लागूऔधष कारोबारी । मलाई ती समाचार भयानक लाग्थे, उहाँको अनुहार हेर्थें, उहाँले पनि असुरक्षित महसुस गरेको पाउँथेँ । त्यस्तै सन्दर्भमा मैले दुई बर्ष अगाडि एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिएकी थिएँ– ‘अरू हिन्दु नारीझैँ मलाई पनि पतिको विषयमा विवादास्पद समाचार आउँदा दुःख लाग्छ ।’

भनेर । वास्तवमै उहाँको विवादास्पद छवि र गतिविधिले मलाई असाध्यै धेरै दुःखी बनाएको थियो । दरबारमा भएको दुर्घटनाको प्रसंग चल्दा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उहाँको नाम जोडिरहेका हुन्थे । यसले मलाई मात्रै होइन, परिवारलाई नै मनोवैज्ञानिक तनाव दिन्थ्यो ।’ पारसबारे थाहा भइरहेकै कुरा भए उनकै पत्नीबाट सुन्दा नयाँ कुरा सुनेझैं उत्सुकता थियो ममा । बिजु पनि उत्तिकै ध्यान दिएर सुनिरहेकी थिइन् ।

‘१३ वर्षअघि लापरबाहीपूर्वक गाडी चलाएर गायक प्रवीण गुरुङको हत्या गरेको आरोप पनि लाग्यो उहाँमाथि । ०६७ पुसमा चितवनको टाइगर टप्स रेस्टुरेन्टमा कांग

Loading...

Related Articles

Back to top button
Close