समाचार

दुई लाख नगदसहित ११ जुवाडे प*क्राउ

काठमाडौँ, २२ असोज : नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्रा*उ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई प*क्राउ गरेको हो ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई प*क्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनु*सन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)

Related Articles

Back to top button
Close