अन्तर्राष्ट्रिय समाचार

३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता प*क्राउ

३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ एजेन्सी– चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ परेका छन् ।

हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ । उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ ।

भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका ‘इट्टा’ भेटिएका थिए । उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ ।

झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ

उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ । चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

Loading...

Related Articles

Back to top button
Close