समाचार

नयाँ नोट साट्न दिनभर लाइन बस्नुपर्ने बा’ध्यता कहिले सम्म ?

काठमाडौं । दशैंको अभिन्न संस्कृति नै बनिसकेको छ, नयाँ नोट । नेपाल राष्ट्र बैंकले यही संस्कृति पछ्याउँदै हरेक दशैंमा नयाँ नोट बजारमा पठाउँछ। सर्वसाधरणहरु नयाँ नोट साट्नकै लागि दिनभरी लाईन बस्नुपर्ने अवस्था छ। तर, नेपाल राष्ट्रबैंकले दशैं बाहेकका महिनामा पनि नयाँ नोट वितरण गर्दै जाने बताएको छ ।

दशैका लागि नयाँ नोट छपाईमा मात्रै नेपाल राष्ट्रबैंकको ३० करोड रुपैयाँ बाहिरीने गरेको छ । हरेक वर्ष १३ अर्ब रुपैयाँ बजारमा नयाँ नोट पठाए पनि नोटको हिफा जत नहँुदा व्यवस्थापन पेचिलो बन्दै गएको राष्ट्रबैंकले जनाएको छ । यस पटकको दशैंदेखि नयाँ नोटको सटही दर कटौती गर्दै सफा नोट नीति कार्यन्वयनमा ल्याएको छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही गर्न पाउँछन् ।

राष्ट्र बैंकले सफा नोटको सटही तीन वर्षभित्र स्वचालित प्रणाली मार्फत गर्ने नीति अवलम्वन गर्ने जनाएको छ । सर्व साधारणहरु भने स्वचालित प्रणालीका विषयमा जानकारी नहुँदा राष्ट्र बैंकले नोट सटही बन्द गर्ने नीतिको विरोध गर्छन् । नयाँ नोट दशैंको संस्कृति नै बनिसकेकाले व्यवस्थापन गरी उपलब्ध गराउनपर्ने ऊनीहरुको भनाई छ । एकथरीहरु भने नयाँ नोट सटहीमा केन्द्रीय बैंकले नै व्यवस्थापन गर्न नसके बन्द गर्नुको औचित्य नभएको बताउँछन् ।

साट्न कै लागि ६ घण्टामासम्म लाईन बस्नपर्ने स्थीतिलाई केन्द्रीय बैंकले व्यवस्थापन गर्न नसकेको कतिपयको गुनासो छ । हरेक वर्ष नयाँ नोटको माग बढ्दै जानु र नोटहरु ढुकुटीमा स्टक रहनुले सुकिला नोटकै आयु घट्ने देखिएको छ। जसकारण राष्ट्रबैंक दोहोरो घाटामा पर्छ । अहिले मागअनुसार आपूर्ति गर्न र छपाई तथा बजारमा व्यवस्थापन गर्न खर्च थपिँदै जाँदा नयाँ नोट वितरण चु’नौती जस्तै छ ।

Loading...

Related Articles

Back to top button
Close