समाचार

प्रहरीद्वारा टीका र माला लगाइ चालकलाई सम्मान

तनहुँ /प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार आइतबार ७७ वटै जिल्लामा चालकलाई सुरक्षित यात्रा गराउन र चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन आह्वान गर्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले चालकलाई टीका र माला लगाइ सम्मानित गरेका छन्।तनहुँ जिल्ला समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतवार सवारी दुर्घटना न्यूनीकरण गर्ने सघाउनुपर्ने भन्दै चालक र सहचालकलाई सम्मान गरेको हो।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधकारी रूद्रप्रसाद पण्डित,जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवाल,डिएसपि लिलाराज लामिछाने,ट्राफिक प्रमुख पुर्णबहादुर अधिकारीले चालकलाई माला लगाइ सुरक्षित यात्राको शुभकामना पनि दिएका थिए।तस्बिर / प्रकाश अधिकारी

Loading...

Related Articles

Back to top button
Close