समाचार

दशैकाे मुखैमा खाना पकाउने ग्यासकाे मुल्य घट्याे, अब गृहणीलाई राहत

आयल निगमले खाना पकाउने ग्या*स र हवाई इन्धनको मूल्य घटायोनेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रति सिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो।

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।

खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याइने
नेपाल आयल निगमले खाना पकाउले ग्यास (एलपिजी) पनि पाइपबाटै ल्याउने योजना बनाएको छ। रक्सौल बोर्डरदेखि चितवनको लोथरसम्म ग्यासको पाइप बिच्छ्याउने योजना रहेकाे निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।

निर्देशक पौडेलका अनुसार बोर्डरदेखि चितवनको लोथरसम्म ९८ किलोमिटर रूटमा ग्यासको पाइप विछ्याउने योजना अघि बढाइएको छ। पाइपलाइनको सर्भे गर्न इण्डियन आयल कर्पोरेसनले एमएस एसोसियसनलाई जिम्मा दिएको छ।

निगमको आग्रहमा इण्डियन आयल कर्पोरेसनले पाइपलाइनको सर्भे गरेको हो।पौडेलका अनुसार गत बुधबारदेखि एमएस एसोसिएसनलाई सात चरणको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटर दुरीमध्ये हालसम्म ९७ किलोमिटरमा पाइपलाइनको रेखाङ्कन गर्ने काम सकिएको छ।

‘त्यस क्षेत्रमा जनसंख्याको घनत्व र माटोको परीक्षण गर्ने काम सकिएको छ। साढे ६७ किलोमिटरमा निगमले विस्तृत इन्जिनियरिङको सर्भे पुरा गरेको छ’, निर्देशक पौडेलले भने।

निगमले लोथरमा खरिद गरेको २४ बिघा ९ कट्ठा जग्गामा ग्यासका लागि ४० हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिरहेको छ। बोर्डरबाट चितवनको लोथरसम्म ल्याइएको ग्यासको पाइप उक्त ग्यास भण्डारण गृहमा जोडिने छ।

भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ। यो पाइपलाइन मोतिहारीबाट रक्सौलको बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिने निगमले जानकारी दिएको छ।विस्तृत इन्जिनियरिङ सर्भेपछि पाइपलाइनको लागत खर्च निकालिने छ। निगमका अनुसार ग्यासको पाइपलाइन विछ्याउन आइओसीलाई आग्रह गरिएको छ।

अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तारले प्रदेश २ र ३ का स्थानीयलाई पेट्रोलियम आपूर्तिमा सहज हुने निगमको विश्वास छ।यो बाहेक निगमले पेट्रोल पाइपलाइनको पनि अध्ययन गरिरहेको छ। त्यस्तै, अमलेखगञ्जसम्म ल्याइएको तेलको पाइप निगमले चितवनको लोथरसम्म जोड्न सर्भे गरिरहेको छ।

Loading...

Related Articles

Back to top button
Close