समाचार

ट्राफिकले का’टे ज’रिवानाको रसिद, तिर्ने पैसा नभएपछि आ’त्म’ह’त्याको प्रयास

काठमाडौं। ट्राफिक प्रहरीले ट्राफिक नियम मिचेपछि का’टेको जरिवाना तिर्ने पैसा नभएपछि एक टेम्पो चालकले आ’त्म’ह’त्याको प्रयास गरेका छन् । आज तकको समाचार अनुसार भारतको अहमदाबाद शहरमा एक अटोरिक्सा चालकले आ’त्म’ह’त्याको प्रयास गरेका हुन् । ट्राफिकले उनलाई १८ हजार रुपैयाँका चलान का’टेका थिए ।

भारतमा अहिले नयाँ ट्राफिक नियम लागू भएको छ । नयाँ नियमअनुसार जरिवानाको राशी निकै धेरै हुन्छ । यो नियमका कारण अहिले भारतमा जनता त्रा’समा छन् । राजु सोलंकी नामका यी टेम्पो चालकलाई आत्महत्याको प्रयासपछि अस्पतालमा भर्ना गरिएको छ । आर्थिक स्थिति कमजोर भएका कारण उनी जरिवानाको राशी तिर्न असमर्थ छन् । जरिवाना नतिरेपछि पुलिसले उनको टेम्पो ज’फत गरेको छ ।

राजुकी पत्नी विनाका अनुसार उनीहरुको परिवारसँग २ छाक टार्न पनि पैसा पुग्दैन । उनीहरुका सन्तान र उनीहरु कसरी जीवित रहन्छन् भन्ने नै सबैभन्दा ठूलो प्रश्न हो । परिवारको आर्थिक स्थिति नाजुक भएका कारण यति धेरै ज’रिवाना तिर्नु परेपछि राजुले आ’त्म’ह’त्याको प्रयास गरेका हुन् । राजुका अनुसार टेम्पो ज’फत भएपछि उनीसँग अब कमाइको कुनै बाटो छैन । राजुले स्नातकसम्म पढेका छन् तर पढाइ भएर पनि जागिर नपाएपछि टेम्पो चलाउन थालेका हुन् ।

Loading...

Related Articles

Back to top button
Close