अन्तर्राष्ट्रिय समाचार

कतारको विकासमा नेपालीको पसिना निकै धेरै परेको छ, नेपाल प्रति बढी नै आभारी छौँ : युसुफ विन महोम्मद

काठमाडौं। ‘हामी कतारीको यो पुस्ता अब कामै नगरी बस्दा पनि पुग्ने अवस्थामा छ तर पनि हामी काम गरिरहेका छौं’, कतारी राजाकी बहिनी शेख हिन्दले दि गार्डियनमा भनेको उपयुक्त धारणा स्मरण गर्छन्, नेपालका लागि कतारी राजदूत युसुफ विन महोम्मद अहमेद मोहम्मद अल हैल।

कतारमाथिको नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर र राष्ट्रप्रेमको लहर देखिएको छ। यो लोभलाग्दो र अनुकरणीय छ। कतार विगत दुई वर्षदेखि छिमेकी साउदी अरेबिया, इजिप्ट, युनाइटेड अरब र बहराइनको घोषित नाकाबन्दीमा छ। कतारले आफूलाई झन् खार्‍यो, परनिर्भरता हटाएको छ।

कूटनीतिक करिअर (१९९७) मा आउनुअघि फुटबलका राष्ट्रिय खेलाडीसमेत रहेका हैलको मुलुकमा दुई वर्षपछि विश्वकप आयोजना हुँदै छ। नेपालीको प्रशंसा गर्दै नेपाललाई दोस्रो घरको संज्ञा दिने उनै राजदूत हैलसँग नेपाल–कतार सम्बन्ध, कामदारको अवस्था, सहकार्य, नाकाबन्दी, विश्वकपको तयारीलगायतमा चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :

नेपाल र कतारबीच सम्बन्ध स्थापित भएको चार दशक पूरा भइसकेको छ, अहिले सम्बन्ध कुन तहमा छ ?

नेपाल र कतार सम्बन्ध आरम्भदेखि नै सुमधुर छ। कतारको विकासमा नेपालीको ठूलो योगदान छ। हामी नेपालप्रति बढी नै आभारी छौं। जनस्तरले जोडेको सम्बन्ध सरकारीभन्दा बलियो हुन्छ। सम्बन्ध थप मजबुत, प्रगाढ र रचनात्मक हुँदै अघि बढेको छ। लामो द्वन्द्वपछि राजनीतिक स्थायित्व कायम हुँदै यतिबेला नेपाल विकासको गतिमा अघि बढेको देखेको छु। तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै संविधान कार्यान्वयनको चरणमा अघि बढेको देख्दा हामी खुसी छौं।

दूतावास स्थापनासँगै सम्बन्ध बलियो हुँदै गएको र उच्चस्तरको भमणले नयाँ आयाम थपेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण र त्यसअघिका अन्य भ्रमण सम्बन्धको अर्को आयाम हो। दुईपक्षीय व्यापार र लगानीमा हामी उत्साहित छौं। अब यसतर्फ उन्मुख हुनुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा कतारले नेपालको साथ र नेपालले कतारको साथ पाइरहेको छ।

यो पनि पद्नुहोस:

चाडपर्वको बेला ह्वातै बढ्यो चोरि, तीन दिनमा घर तोडफोड गरी ४४ घरमा चोरी
तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

हुन पनि हो नेपाली जन्मिने बित्तिकै हातमा पासपोर्ट लिएर जन्मिन्छ भन्ने उखान छ | त्यहि उखान अनुसार नै नेपाली यतिबेला प्रायजसो कतार सहितका खाडी मुलुक र मलेशिया जाने गर्दछन | त्यो देशमा नेपालीको पसिना निकै बगेको छ र त त्यहाँ विकास नि तिब्र गतिमा भएको छ |

Loading...

Related Articles

Back to top button
Close