समाचार

ट्रक र कारको ठक्करमा परि निधन हुने पाँचै जनाको परिचय खुल्यो (नामावली सहित)

पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको निधन भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको निधन भएको छ ।

दुर्घटनामा ग म्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले निधन भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । ठक्करबाट निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली-१ का पूर्णबहादुर विक, देवचुली १० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर रहेका छन्।

मृ’तकमध्ये कारका चालक को हुन् भन्ने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनीहरू किन र कहाँसम्मको यात्रामा निस्केका थिए भन्ने खुलेको छैन।दु7र्घटनाको खबर पाएपछि पुगेको प्रहरीले कच्याककुचुक भएको कारबाट उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्रममा निधन भएको प्रहरीको भनाइ छ। प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको नवपरासी प्रहरीले बताएको छ।

Loading...

Related Articles

Back to top button
Close