भिडियो

भाइरल कमलालाई मलेसिया, कतार, जापानदेखि अमेरिकासम्म बाट आयो लाखौँ रुपयाँको सहयोग

दोहोरी गाएर भाइरल भएकी ११ वर्षिया कमला घिमिरे अहिले सामाजिक संजालमा छाइएकी छिन् । यो बेला कमलालाई भेट्न गाउँ देखि बिभिन्न ठाउँको मान्छे धादिङ्ग पुग्ने गरेका छन। युट्युबका चर्चित अनुहार भाग्य न्युपानेले आफ्नो समाज सेवाले धेरैको भाग्य चम्काएको विगतमा पनि हामीले देखि सकेका छौँ।

अशोक दर्जीलाई भाइरल बनाएर अशोक दर्जीको जीवन परिवर्तन गरेको कसैले भुल्नै सक्दैन । अहिले फेरी भाग्य न्युपानेले ११ वर्षिया कमला घिमिरेको दोहोरी गाएको भिडियो आफ्नो च्यानलमा देखाएर कमलालाई भाइरल बनाए । कमलाका लागि अहिले देश विदेश र व्यक्तिगत सहयोग मिलाएर १ लाख २५ हजार ७ सय ६० रुपयाँ लिएर भाग्य न्युपाने कमलाका घरै पुगेका छन् ।

सहयोग गर्नेमा एक जना ७७ वर्षीय वृद्ध बुबाले आफ्नो उप*चारका क्रममा मलाई केहि भ्यो अनि केहि पैसा बचे भाग्य न्युपानेलाई दिनु भाग्यले दिन दुखि र जरुरतमन्द सम्म पुराई दिन्छन भनेर भनेका रहिछन । दुर्भा*ग्यवश बुबाको मृ*त्यु भयो र बचेको ५० हजार उहाँकी छोरीले भाग्य न्युपानेलाई देइन अनि भाग्यले त्यो पैसा कमला घिमिरेलाई दिएका छन् ।

सहयोगीहरुमा सर्वप्रथम सोहि वृद्ध बुबा खोटांग जिल्लाका मुगासेर राइबाट रु ५० हजार र भाग्य न्युपानेले आफ्नो तर्फ बाट रु २० हजार अजय थापा र उहाँको परिवारले कतारबाट रु १० हजार जापान बाट लक्ष्मी पौडेलले रु १० हजार डिल्ली भण्डारीले जापान बाट रु १० हजार जनार्धन न्युपाने भुटानी तर नेपाली भाषीले अमेरिकाबाट रु १५ हजार ७ सय ६० रुपयाँ अनि बसन्त श्रेष्ठ र कमल खत्री दुइ जनाले मलेसिया बाट रु १० हजार गरी कुल १ लाख २५ हजार ७ सय ६० रुपयाँ भाग्य न्य्पानेले कमला घिमिरेलाई उहाँको उज्ज्वल भविष्यका लागि हस्तान्त्रण गरेका छन् ।

Loading...

Related Articles

Back to top button
Close