भिडियो

सिधाकुरामा ‘विप्लव’ पुत्र प्रकाश चन्द लाइभ, मेडिकल कलेजहरुमा आन्दोलन जारी -हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । न्युज*२४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४३२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपो*र्टहरु प्रस्तुत गरिएको छ ।

कार्यत्रमको आजको एपि*सोडमा निम्न विषयमा रिपो*र्टहरु प्रस्तुत गरिएको छः

१. मेडिकल कलेजमा शुल्क लफडा : किन मौन छ शिक्षा मन्त्रालय ?

काठमाठौं । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले तोकेको शुल्क भन्दा कलेजले बढी शुल्क लिएका भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरेको आन्दोलन अझै रोकिएको छैन । सरकारले एमबी^बीएस पढ्न विद्यार्थीहरुलाई काठमाडौं बाहिर ४३ लाख ४५ हजार र काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ । त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ । शैक्षिक शुल्क बाहेकका अन्य शीर्षकमा राखेर कलेजले ६ लाखसम्म असुलेको छ । मेडिकल कलेज सञ्चालकहरुले भने कम्यु*निटी, होस्टेल, खाना लगायतका शीर्षक देखाएर शुल्क लिएका छन् । यही अन्तरविरोधमै अल्झिएर २ सातादेखि चितवन मेडिकल कलेजमा आन्दो¥लन चर्किरहेको छ ।

२. कतारबाट काठमाडौं आएको विमान ३ घण्टा भन्दा बढी आकाशमै होल्ड !

काठमाडौं । विहीबार कतारबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमान¥स्थलमा ल्याण्ड गर्न ३ घण्टा २५ मिनेटसम्म आकाशमा नै होल्ड भयो । कतारबाट उडेको ४ घण्टा ३० मिनेटमा अवतरण गर्नुपर्ने प्लेन ७ घण्टा भन्दा बढी समयपछि बल्ल ल्याण्ड भयो । विमान ३ घण्टा २५ मिनेट आकाशमै होल्ड भएपछि यात्रुहरु आत्तिएका थिए । त्रिभुवन विमान¥स्थलको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडा¥इरेक्शनल रेडियो रेन्ज (भीओआर) मा समस्या आएपछि प्लेन डिले भएको थियो । २ घण्टामै उक्त डिभाइस बनेपनि प्लेन ल्याण्ड गर्न सकिरहेको थिएन । कतार एयरवेजको ३३० सिरिज जहा¥जका लागि पार्किङ स्थल अभाव भएपछि ल्याण्ड गर्न पाएन ।

३. सरकारले मुक्त कमैयालाई झुक्या¥यो !

बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकाका मुक्त कमैयालाई घर निर्माण गर्न सरकारले दिने भनेको सहयोग रकम कागजमा मात्रै पाएपछि अहिले दैनिक भूमिसुधार कार्यालय गुलरिया धाउन बाध्य भएका छन् ।

स्थानीय छेदुवा थारु, राम बहादुर थारु, श्रीराम थारु, राम शरण थारु, वडा नं.३ का अगानु थारु, गंगाराम थारु, हंसराम थारु, खुसीराम थारु, जालु थारु, महँगा थारु, बैजराम थारुसँग मालिकको घरबाट मु¥क्त भएपछि मु¥क्त कमैयाको रातो कार्ड साथमा छ । उक्त कार्डमा घर बनाउने काठ बापत सरकारले १ लाख उपलब्ध गराएको भनेर उल्लेख गरिएको छ । तर, मुक्त कमैया १४ जनाले भने अहिलेसम्म पैस पाएका छैनन् ।भिडियो हेर्नुहोस्…

Related Articles

Back to top button
Close