समाचार

भट्टराईले ओलीसरकारलाई दिए खतरनाक चेतावनी, दसैँपछि हिसाबकिताब हुने !

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।बिहीबार राजधानीमा पत्रकारहरुसँगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले यस्तो भनेका हुन् । डा. भट्टराईले भने, ‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ ।अब हामी धेरै पर्खिदैनौँ,’ ।

उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताएका छन् ।उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको बताएका छन् । भने, ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो बुझी सक्यौ।’

Related Articles

Back to top button
Close