भिडियो

विप्लपको भन्दा छोरा प्रकाशको कडा भाषण : मेडिकल माफिया बिरुद्ध आगो ओकल्न तयार छौं भन्दै गरे खरो भाषण (भिडियो)

कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नु परेको चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । विद्यार्थीहरुको जायज मागप्रति कलेज प्रशासन मौन रहेको बताउँदै उहाँले शुल्क नघटेसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।

विद्यार्थीले आन्दोलन गरिरहँदा कलेजले विद्यार्थीको माग सम्बोधनका विषयमा सबै माग कलेजसँग मात्र सम्बन्धित नभएको बताएको छ । विद्यार्थीले राखेका धेरै माग सरकार र सरकारका अन्य निकायसँग सम्बन्धित रहेको विज्ञप्तिमार्फत बताएको छ । आन्दोलनका नाममा अस्पताल सञ्चालकलाई धम्कि दिने र अस्पतालको सेवामा अवरोध गर्ने काम गैरकानुनी भएको अस्पतालले बताएको छ । विद्यार्थीको जायज माग सम्बोधन गर्न तयार भएको बताए पनि विद्यार्थीको मुख्य माग बढी लिएको भनिएको शुल्क फिर्ता गर्न कलेज प्रशासन तयार देखिएको छैन ।

अस्पतालका सञ्चालक डाक्टर हरिश न्यौपानेले सरकारले तोकेको भन्दा बढी रकम नलिएको बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तोकिएको शुल्क ४२ लाख शिक्षण शुल्क भएको र अन्य परीक्षालगायतका केही शुल्क परदर्शी रुपमै आफूले लिएको उहाँ बताउनुहुन्छ ।

आईओएमलाई जानकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी ६ लाख रुपैयाँ मात्र अतिरिक्त शुल्क लिइएको उहाँले बताउनुभएको छ । सम्बन्धित निकायले दिएको निर्देशन मान्न आफू तयार भए पनि अहिले विद्यार्थीहरुले आन्दोलन छाडेर पठनपाठनलाई सहज बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।

शूल्क सम्बन्धित विवादका सम्बन्धमा सरकारद्वारा गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदन, त्रिभुवन विश्वविद्यालय, शिक्षामन्त्रालयबाट निर्देशन भई आएका र आउने नीति नियमको पूर्ण पालना गर्न चितवन मेडिकल कलेज प्रशासन सदैव तयार रहेको समेत प्रतिबद्ध रहेको कलेजद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धताअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा आन्दोलन गरिरहेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा आज जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कुनै पनि किसिमको धरपकड नगर्न र शुल्कको कडाइका साथ कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिएको छ । चिकित्सा शिक्षामा देखिएको विकृति हल गर्न सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग बनाएकाले सिट सङ्ख्या वैज्ञानिक तथा व्यवस्थित ढङ्गले लागु गर्न्ुपर्ने र चिकित्सा ऐनमा भएको ७५ प्रतिशत छात्रवृत्तिलाई कार्यन्वयन गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा विदेशी विद्यार्थीका हकमा पनि प्रवेश परीक्षा अनिवार्य गर्नाका साथै सबै कलेजमा एउटै प्रवेशिका परीक्षा लागु गरी पारदर्शिता कायम गर्न पनि सरकारसमक्ष माग गरिएको छ । सङ्गठनले गरीब जनताका छोराछोरीले समेत शिक्षा पाउन तथा मेडिकल, इञ्जिनीयरिङ, कृषिलगायत विषयमा निजी क्षेत्रको लगानी पूर्णतः बन्द गर्न आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close