समाचार

राजेशपायल राईको घरमा भिषण आगलागी, मायाको चिनो, प्रमाणपत्र जलेर खरानी

काठमाडौं / भर्खरै प्राप्त जानकारी अनुसार चर्चित लोकप्रिय गायक राजेश पायल राईको काठमाडौं बानेश्वरमा रहेको घरमा आगलागी भएको छ । आगलागीबाट धेरै नै क्षति भएको अनुमान लगाउन सकिन्छ, पुरा विवरण आउने क्रम जारी छ ।

घरमा आगलागी भएसँगै गायक राईले सजाएर राखेका सम्मान पत्र, प्रमाणपत्र,मायाको चिनो र महत्त्वपूर्ण कागजपत्रहरु जलेर खरानी भएको छ ।

राजेशपायल राई लेख्छन् :
यो घडिमा अहिलै घरमा आउन सकिन,सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती !!

यहाँ बाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस .. म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे

Related Articles

Back to top button
Close