समाचार

सोह्रवर्षे नेपाली वैज्ञानिक बालक : आफैंले बनाएको साइकलमा सरर

काठमाडाैं । निश्चल पौडेल भर्खर १६ वर्षका भए। तर उनको काम भने ठूलो मानिसको भन्दा कम छैन। उनी बालवैज्ञानिक हुुन्। उनले ड्रोन, रोबोट तथा कृषिमा उपयोगी उपकरणहल पौडेलरू बनाएर सबैलाई चकित पारेका छन्। सानै उमेरमा यति धेरै वैज्ञानिक उपकरण बनाएर उनी सबैका प्रशंसाका पात्र बनेका छन्। निश्चल सर्लाहीको नवजीवन माविमा कक्षा १० मा पढ्छन्। उनले सानैदेखि गाउँकै स्कुुलमा पढेका हुुन्। स्कुुलमा उनीसँग कुुरा मिल्ने र खेल्ने साथीहरू थिएनन्। त्यसैले छुुट्टी भएपछि खुुरुखुुरु घर आउने उनको बानी थियो। घरमा पनि उनका खेल्ने साथीहरू खासै थिएनन्।

मध्यम वर्गीय परिवार भएकाले त्यतिबेला उनको घरमा टेलिभिजन, रेडियोजस्ता मनोरञ्जनका साधनरू पनि पुुगिसकेका थिएनन्। गाउँमा घरहरू पनि एकदमै कम थिए। स्कुुलमा आमाले खाजा खान दिएको पैसा बचाएर निश्चल डीभीडी ड्राइभमा हुुने मोटर किन्थे। यो कक्षा १/२ पढ्दाको कुुरा थियो। उनलाई निकै चाख लागेर त्यो मोटर त किने। तर त्यसलाई केमा प्रयोग गर्ने भन्ने उनलाई थाहा थिएन। किन्ने र जम्मा पार्ने मात्र गर्थे। कुुनै मोटरका तारहरू बनाउँथे भने कुुनै मोटर हराएर जान्थे। तर पनि किन्न भने उनले छाडेनन्।

अलि ठूलो भएपछि उनले कवाडी सामानहरू किनेर घरमा थुुपार्न थाले। कवाडी सामान थुुपार्दा घर नै कवाडी जस्तो भएको थियो। मानिसले उनलाई नै कवाडी भन्ने गर्थे। ‘अरूले घरमा भएका कवाडी बाहिर लगेर फाल्छन् यसले घरमा ल्याउँछ’, यसै भनेर सबै हाँस्ने गर्थे।खेल्ने साथीहरू नहुुँदा उनी तिनै कवाडी सामानसँग खेल्ने गर्थे। सुुरुसुुरुमा मनोरञ्जन र टाइम पासको रूपमा उनलाई ती सामानलाई लिए। तर पछि तिनै सामानसँग खेल्दै जाँदा समय बितेको उनलाई पत्तो हुुँदैनथियो। कुुनै सामान जोडेर कुुनै चीज बन्यो भने उनी खुुसी हुुन्थे ।

खेल्ने साथीहरू नहुुँदा उनका लागि समय बिताउने मेलो तीनै कवाडी सामान भएका थिए। उनले विगत सम्झँदै भने, ‘त्यतिबेला साथीहरू नहुुँदा मलाई विज्ञानका उपकरण बनाउन सहयोग भयो।’ बाल्यकालका तिनै पृष्ठभूमिका कारण उनी अहिले बालवैज्ञानिकका रूपमा परिचित छन्। उनले सानो ड्रोन, ठूलो ड्रोन (जसले भिडियो देखाउन र सेन्सर राखेर डाटा कलेक्सन गर्न मिल्छ), ब्लुुटुुथ र स्मार्टफोनबाट चल्ने रोबोट र लाइन फ्लाइङ रोबोट बनाएका छन्।

उनले बनाएको अर्काे उपकरण हो माइक्रो वेदर मोनिटरिङ सिस्टम। यसले वायुुमण्डलको आद्रता, तापक्रम, ग्रिनहाउस ग्यासको मात्रा, वायुुमण्डलीय चाप, समय र मिति देखाउँछ। यो उपकरण आफूले धेरै मेहनत गरेर बनाएको उनले बताए। उनले बनाएको अर्काे सामान हो इलेक्ट्रिक साइकल। यो साइकल ९५ प्रतिशतभन्दा बढी कवाडी सामानबाट बनेको छ। त्यही साइकल चढेर उनी स्कुुल जान्छन्।

कृषिका लागि उपयोगी एग्रिकल्चर मनिटरिङ सिस्टम पनि उनले बनाएका छन्। त्यसले कृषिमा माटोको गुुणस्तर वृद्धि गर्नेलगायका विषयमा अनुुुुसन्धान गर्छ। साना कृषिसम्बन्धि उपकरणलाई भने उनले नाम दिएका छैनन्।

अहिले उनले नाष्टको सहयोगमा दुुर्गम क्षेत्रमा सस्तो लागतमा औषधि पुु¥याउने उद्देश्यले ठूलो ड्रोन बनाइरहेका छन्। यो एक डायोमिटको छ। यसले दुुई किलोसम्मको तौल बोक्न सक्छ। यो ड्रोन ल्यापटपमा फिट गर्नेबित्तिकै तोकिएको ठाउँमा पुुगेर सामान झारेर फर्किन्छ। यसको ७५ प्रतिशतभन्दा बढी काम भइसकेको उनले बताए।

उनले धेरै उपकरण एक्लै बनाएका छन्। यसमा निश्चललाई उनका बाबुुले सहयोग गरिरहेका छन्। उनलाई सहयोग गर्नेमा नास्टका एकेडेमिसियन डा. क्रषि शाह पनि पर्छन्। उनले पहिलो पटक ड्रोन उडाएर देखाएपछि त्यसबाट शाह प्रभावित भएका थिए। त्यति बेलाबाटै उनका अरू अनुुसन्धानमा पनि शाहले नै आर्थिक सहयोग गर्दै आएका छन्।

उपकरण बनाउनको लागि नास्टको प्रोजेक्ट छ भने नास्टले नै उनलाई लगानी गर्ने गर्छ। सुुरुमा बनाएको साइकल र ड्रोनमा भने उनको बुुवाको लगानी छ। उनलाई सामान किन्दा रेडोको डट कमले पनि सहयोग गर्ने गर्छ। उनीसँग पैसा नभएको समयमा पनि रेडोकोले उधारोमा सामान दिने गरेको छ।

निश्चलको भविष्यको योजना सुुरु गरेको प्रोजेक्टलाई अगाडि बढाउने र ड्रोनलाई अझै विकसित बनाउने हो। उनले डा. शाहसँग मिलेर माइक्रो वेदर मोनिटरिङ सिस्टम बनाउन सुुरु गरेका छन्। हरेक स्कुुल अगाडि उक्त उपकरण राखेपछि स्कुुलमा कति प्रदूषण छ, विद्यार्थी स्कुुल जाने अवस्था छ कि छैन भन्ने थाहा हुुन्छ। स्कुुलबाहेकको साँझ बिहानको समयमा उनले ती उपकरणहरू बनाउने गरेका छन्। भविष्यमा यही क्षेत्रमा काम गर्ने उनको चाहना छ। तर, यही नै बन्छुु भन्ने उनको सोच छैन।

Related Articles

Back to top button
Close