भिडियो

मेरी बास्सै छोडेका बल्छी धुब्रेको हल्का रमाइलो लाई एक दिन मै छ लाखले हेरे-हेर्नुहोस (भिडियो सहित)

काठमाडौँ । मेरी बास्सै बाट बाहिरिएका मरिच मन श्रेष्ठ बल्छी धुर्बे र राजु मास्टरले निर्माण गरेको टेली शृंखला हल्का रमाइलोले एक दिन मै ६ लाख भियुज पाएको छ।यो समाचार तयार पर्दा सम्म बल्छी धुर्बेयुतुब च्यानल मा अपलोड गरिएको यो शृंखला करिब ६ लाख पटक हेरिएको हो। । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय टेलिश्रृंखला मेरी बास्सैमा अभिनयसँगसँगै निर्देशन पनि गर्दै आएका प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएको घोषणा गरेका थिए ।

कार्यक्रम उत्पादक मिडिया हबसँग केही कुरामा चित्त नबुझेपछि उनीहरु अलग भएका हुन् । तर, मिडिया हबले भने राजु मास्टर र बल्छी धुर्वे मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा बढी व्यस्त हुन थालेको आरोप लगाएका थिए। उनी हरुले सहमतिमै टेलिश्रृंखला छोडेको मिडिया हबले बताएको थियो ।करिब एक दशक अघि सुरु भएको यो श्रृंखला सीताराम कट्टेल (धुर्मुस) तथा केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । पछि उनीहरुमा पनि विवाद देखिएपछि बल्छी धुर्वे र राजु मास्टरले यसको जिम्मेवारी पाएका थिए ।भिडियो

Related Articles

Back to top button
Close