भिडियो

कतारको जेलमा परेका बिनोद रानाभाट नेपाल फर्के ! बिनोदलाई अँगाल्दा शिशिर भण्डारीको खुशीको आँशु झर्यो (भिडियो हेर्नुस)

कतारको जेलमा बिगत ३४ महिनादेखि जेल जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । ३ बर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको माटोमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।

शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । शिशिरले बिनोदलाई खादा ओढाएर नेपालमा स्वागत गरेका थिए । बिनोदलाई भेट्दा उनको आँखाबाट खुशीको आँशु खसेको थियो । शिशिरले आफुले यो दिनको पर्खाई धेरै दिनदेखि गरेको बताउँदै बिनोदलाई अँगाले । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close