समाचार

मेरी बास्सैमा कमला घिमिरे

सामाजिक सञ्जालको महत्त्व दिनानुदिन बढिरहेको बेला पछिल्लो समय’भाइरल’ भन्ने शब्द पनि निकै नै लोकप्रिय बनेको पाइन्छ ।केहिदिन अगाडि धादिङकि ११ बर्षिया कमला घिमिरेले एक युट्युव च्यानल मार्फत गीत गाउने अवसर पायो , उक्त भिडियो सार्वजनिक भएसँगै भिडियो हेर्ने दर्शकले उनको तारिफ गरे, अगाडि बढ्न शुभकामना दिए, अर्को दिन कमला घिमिरेको खोजिमा काठमाडौंबाट केही सञ्चारकर्मीहरु धादिङ तर्फ मोडिए र कमलाको अन्तरबार्ता लिन सुरु गरे त्यसपछि……

कमलालाई काठमाडौं सम्म ल्याएर चर्चित लोकप्रिय कार्यक्रम इन्द्रेणी सम्म पुर्‍याउन सहयोग गरे केही सञ्चारकर्मीहरुले , कमलाको कला गला र भाग्यले दोहोरी क्षेत्रकै हस्ती वरिष्ठ गायक राजु परियार सँग दोहोरी गाउने अवसर मिल्यो ।इन्द्रेणीमा कमला र राजु परियारले गाएको दोहोरी सर्वाधिक चर्चामा आयो जताततै बज्न थाल्यो , उक्त दोहोरीले दर्शकको मात्र मन जितेन कलाकार तथा सर्जकहरुको पनि मन जित्न सफल भयो ।उनै भाइरल ११ बर्षिया कमला घिमिरे विगत लामो समयदेखि सञ्चालनमा आएको लोकप्रिय हाँस्यटेलिसिरियल मेरी बास्सैको आउँदो श्रृङखलामा देखिने भएको छ ।

Related Articles

Back to top button
Close