समाचार

अबदेखि नयाँ कामदार मलेसिया जान पाउने

काठमाडौं : लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ। बिहीबार नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो।

तीन दिनदेखि बसेको बैठकमा बिहीबार सहमति भएको श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए। नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने छ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ। त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुनेछ।

अघिल्लो वर्षको जेठ २ गतेबाट मलेसिया रोजगारी ठप्प भएको थियो। १५ महिनाको प्रयासपछि नयाँ कामदारका लागि रोजगारीका लागि मलेसिया जाने बाटो खुलेको हो।

Related Articles

Back to top button
Close