समाचार

कुर्ता, लेहेङ्गा र सारी मेरो मनपर्ने पहिरन : अभिनेत्री वर्षा राउत

काठमाडौं। नेपाली चलचत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले आकर्षक र नविनतम पहिरन सधै आफ्नो रोजाइमा पर्ने गरेको बताएकी छन् ।बिहीबार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियशन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफू सधै सजक रहेको समेत बताइन् ।

रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफूलाई मन परेर जोडिएको बताइन् ।कुर्ता, लेहेङ्गा, सारी आफ्नो विषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियशन’ले पनि यस्ता पहिरनलाई विशेष महत्व दिएकोले खुसी ब्यक्त गरिन् । उनले भनिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ। मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने विश्वास लिएकी छु।’

बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन्। धेरै फेसन शो र विभिन्न सौन्दर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भूमिका निर्वाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपत्ति छैन’ सजिनाले भनिन् –‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’

Related Articles

Back to top button
Close