भिडियो

बर्षाको क्यामेरामा आकाशको यस्तो भिडियो , पूजा र आकाशको बिहे ?

अभिनेत्री बर्षा राउतले फिल्ममा अहिले काम गरेकी छैनन् । बर्षाले फिल्ममा काम नगरेपनि उनी फुर्सदिलो भने बनेकी छैनन् । बर्षाले फिल्ममा काम नगरेपनि म्यूजिक भिडियोमा भने काम गरिरहेकी छिन् । म्यूजिक भिडियोमा बर्षा र अभिनेता आकाश श्रेष्ठलाई लिएर काम गर्नेहरु बढेका छन् । बर्षा र आकाशले केही हिट म्यूजिक भिडियोमा काम गरेका छन् ।

बर्षाको क्यामेरामा हालै मात्र आकाशको भिडियो कैद भएको छ । भिडियोमा आकाश निदाइरहेका छन् । म्यूजिक भिडियो छायांकनका क्रममा आकाश निदाएका हुन् । बर्षाले भने आकाश निदाएको मौका पारेर आकाशको भिडियो खिचेकी छिन् । बर्षाले भिडियो खिचेर आकाशको यो काम भने आफूलाई मन परेको लेखेकी छिन् । आई लभ हिज जब भनेर उनले लेखेकी छिन् । वर्षाकै अर्को भिडियोमा आकाशले पूजा शर्मा संग बिहे भइसक्यो भनेर बोलेका छन् ।आकाश छायांकन गर्ने क्रममा निदाएको भिडियो खिचेर उनको यो काम मन परेको भनेर बर्षाले रमाइलो मात्र गर्न खोजेकी होलिन् ।

Related Articles

Back to top button
Close